बैंकिङ कसुरमा प्रभु बैंककी सीबीओ रश्मि पन्त पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१० मंसिर २०८३, बिहिबारThursday, November 26, 2026

अर्थबजार स्टोरी

बैंकिङ कसुरमा प्रभु बैंककी सीबीओ रश्मि पन्त पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा प्रभु बैंककी चिफ बिजनेस अफिसर (सीबीओ) रश्मि पन्त पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुधबार काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो।

पन्तमाथि प्रभु बैंकबाट प्रवाह भएको ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग प्रकरणमा संलग्न रहेको आरोप छ। यसअघि यही मुद्दामा एसियन नभिलेज रिसोर्टका अध्यक्ष शशिधर शर्मा पनि पक्राउ परिसकेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : १३ श्रावण २०८३, बुधबार १७:३८ 29 July, 2026 5:38 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।