राष्ट्रपति रामचन्द्र पौडेल र रवि लामिछानेबीच भेटवार्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

राष्ट्रपति रामचन्द्र पौडेल र रवि लामिछानेबीच भेटवार्ता



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन् । सभापति लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । 

सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकका बारेमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

प्रकाशित : 29 July, 2026 12:55 pm