सडकमा धुलो खसाल्ने घरधनीलाई काठमाडौं महानगरको २५ हजार जरिवाना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सडकमा धुलो खसाल्ने घरधनीलाई काठमाडौं महानगरको २५ हजार जरिवाना



काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा धुलो खसालेर वातावरण प्रदूषण गर्ने घरधनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

महानगरपालिका वडा नं। १५ किमाडोलस्थित निर्माणाधीन आवासीय घरमा आवश्यक सावधानी नअपनाई निर्माण सामग्री ओसारपसार गर्दा सडकमा धुलो खसालेर प्रदूषण गरेको पाइएपछि महानगर प्रहरी बलले कारबाही गरेको हो ।

महानगर प्रहरीले घरधनीबाट २५ हजार रुपैयाँ जरिवाना असुल गर्नुका साथै धुलो र फोहोरले प्रदूषित भएको सडकखण्ड तत्काल सफा गर्नसमेत लगाएको जनाएको छ ।

काठमाडौं महानगरपालिकाले सडक फोहोर गर्ने, धुलो उडाउन दिने तथा वातावरण प्रदूषण हुने गतिविधि गरेको पाइएमा कारवाही गर्दै आएको छ ।

प्रकाशित : 26 July, 2026 5:23 pm