काठमाडौं । सहकारी ठगी प्रकरणका मुख्य अभियुक्तमध्ये एक चन्द्रबहादुर (सीबी) लामा पक्राउ परेका छन्। मकवानपुर प्रहरीले उनलाई मकवानपुरबाट पक्राउ गरेको हो।
मकवानपुर प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मावध काफ्लेले लामालाई पक्राउ गरिएको पुष्टि गरेका छन्। उनका अनुसार सहकारी ठगी मुद्दामा फरार रहेका लामालाई खोजतलासका क्रममा मकवानपुरबाट नियन्त्रणमा लिइएको हो।
कान्तिपुर सेभिङ सहकारीका पूर्वअध्यक्ष रहेका लामा सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा रहेका बेला गत भदौमा भएको आन्दोलनका क्रममा फरार भएका थिए। फरार भएपछि प्रहरीले उनको खोजीलाई तीव्र बनाएको थियो। अन्ततः खोजी अभियानका क्रममा मकवानपुरबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।


Comment