काठमाडौं । रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी पुष्कार अमात्यलाई दिएको छ। कम्पनीको साउन २ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि कम्पनीको नेतृत्व सम्हालिरहेका सत्यराम ज्याख्व साउन १ गतेदेखि नेपाल विद्युत प्राधिकरणमा काज फिर्ता भएपछि सीईओ पद रिक्त भएको थियो। सोही रिक्त पदमा अमात्यलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ।
अमात्य यसअघि कम्पनीद्वारा प्रवर्द्धित रसुवागढी जलविद्युत आयोजनामा सिभिल निर्माण महाशाखा प्रमुखका रूपमा कार्यरत थिए। अब उनले कम्पनीको कार्यकारी नेतृत्व सम्हाल्नेछन्।






Comment