नेपाल एसबिआई बैंकको ४० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल एसबिआई बैंकको ४० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन



काठमाडाै ११ असार । नेपाल एसबिआई बैंकको हकप्रद भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले जेठ ७ गते देखि १०:४ को अनुपातमा अर्थात् ४० प्रतिशतक्प्रद निष्काशन गरेको हो । आज असार ११ सम्म लगानीकर्ताले हकप्रदको लागि आवेदन दिन सक्ने छन् । बैशाख २५ सम्म कायम शेयरधनीले हकप्रदकोलागि आवेदन दिन पाउने छन् ।

बैंकले १ अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैँयाको १ करोड ९९ लाख १९ हजार ४ सय २३.६० कित्ता हकप्रद जारी गरेको हो । बैंकको बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

बिक्रि प्रबन्धक एनएमबि क्यापिटल र नेपाल एसबीआई बैंकका शाखा कार्यालयबाट हकप्रदको लागि आवेदन दिन सकिने छ ।

हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ९७ करोड रुपैयाँ रहेको छ भने ४० प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी झण्डै ६ अर्ब ९५ करोड पुग्नेछ ।

बैंकले केही समय अगाडि ९७१ रुपैँयामा ६७ हजार ७ सय ६७ कित्ता एफपीओ निष्काशन गरेको थियो भने गत बर्षको कमाईबाट २८ प्रतिशत बोनस वितरण प्रदान गरेको थियो ।

प्रकाशित : ११ असार २०७४, आईतवार ०५:१४