नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डेलाई मातृशोक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डेलाई मातृशोक



काठमाडौं। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।

पाण्डेद्वयकी ९१ वर्षीया आमा इन्दिरा पाण्डेको आज बिहान ८ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित उहाँको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

स्वर्गीय इन्दिरा पाण्डेका तीन छोरा र एक छोरी छन्। उहाँको अन्त्येष्टि आजै काठमाडौंस्थित पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ।

अर्थबजार डटकम परिवार स्वर्गीय इन्दिरा पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।

प्रकाशित : 14 July, 2026 12:28 pm