चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रयोग गर्ने ब्रान्ड ‘बीएआईसी’ अब नेपालमा, लक्ष्मी ग्रुप आधिकारिक वितरक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रयोग गर्ने ब्रान्ड ‘बीएआईसी’ अब नेपालमा, लक्ष्मी ग्रुप आधिकारिक वितरक



काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले आधिकारिक रूपमा प्रयोग गर्ने सवारीसाधनका रूपमा अन्तर्राष्ट्रिय पहिचान बनाएको चिनियाँ अटोमोबाइल ब्रान्ड बीएआईसी (BAIC) अब नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ। नेपालका लागि यस ब्रान्डको आधिकारिक वितरक लक्ष्मी ग्रुप बनेको छ।

विश्वव्यापी रूपमा बलियो इन्जिनियरिङ, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका लागि परिचित बीएआईसीको नेपाल प्रवेशलाई देशको अटोमोबाइल क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। साथै, नेपाली बजारमा प्रिमियम एसयूभी तथा आधुनिक मोबिलिटी समाधानप्रतिको बढ्दो मागलाई पनि यसले सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

बीएआईसीले चीनसहित विभिन्न अन्तर्राष्ट्रिय बजारमा आफ्नो बलियो उपस्थिति स्थापित गरिसकेको छ। विश्वसनीयता, नवीन प्रविधि र उच्च गुणस्तरका कारण यस ब्रान्डले अन्तर्राष्ट्रिय रूपमा विशेष पहिचान बनाएको छ।

लक्ष्मी ग्रुपले बीएआईसीसँगको साझेदारीमार्फत नेपाली ग्राहकलाई विश्वस्तरीय अटोमोबाइल प्रविधि र अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड अनुभव उपलब्ध गराउने जनाएको छ। कम्पनीका अनुसार नेपाली उपभोक्ताले अब विश्वका प्रमुख बजारमा लोकप्रिय र विश्वासिलो ब्रान्डको अत्याधुनिक एसयूभी तथा अन्य सवारीसाधन सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : 14 July, 2026 10:07 am