मुक्तिनाथ बिकास बैंकद्धारा मृतकको परिवारलाई १ लाख रुपैयाँ बिमा भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मुक्तिनाथ बिकास बैंकद्धारा मृतकको परिवारलाई १ लाख रुपैयाँ बिमा भुक्तानी



काठमाडौं, ९ असार ।  मुक्तिनाथ बिकास बैंक लिमिटेडले फलेबास नगरपालिका वडा नं. ३ पर्वत निबासी मृतक माया परियारको परिवारलाई जम्मा १०६,५०० रुपैयाँ बितरण गरेको छ । उक्त रकम बैंकले शुक्रबार एक सोक समारोह आयोजना गरि बितरण गरेको हो। बैंकको ग्राहक मृतक परियारले मुक्तिनाथ बिकास बैंक मार्फत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आफ्नो जिबन बिमा गराएकी थिइन् र मुक्तिनाथ बिकास बैंकबाट १५०,००० कर्जा समेत लिएको बैंकले जनाएको छ ।

उनको ५५ बर्षको उमेरमा मृत्यु भएकोले निजको हकवाला छोरा मनबहादुर दर्जीलाइ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट मृत्युदावी भुक्तानी स्वरुप रु १००,००० बिमांक र बोनस रु ६५०० गरि जम्मा रु १०६,५०० रुपैया राहत स्थानिय र निजको आफन्तहरुको उपस्थितीमा बितरण भएको थियो भने बैंकले बैंकको तिर्न बाँकी रहेको कर्जा रु ६५,००० मिनाहा गरि दिएको थियो ।

उक्त कार्यक्रममा बैंक अनुगमन कार्यालय पोखराको अनुगमन अधिकृत मुकेश बिक्रम वस्ती र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय वालिंगका शाखा प्रबन्धक भोज कुमार कुवरद्धारा संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।

बैंकले नेपालका उत्कृष्ठ बिमा कम्पनीहरु संगको सहकार्यमा आफ्ना लघुवित्तका ग्राहकहरुलाई जिबन बिमा प्रति आकर्षित गराइ बिमा गराउँदै आएको छ । बैंकका अनुगमन कार्यालय पोखराका अनुगमन अधिकृत मुकेश बिक्रम वस्तीले बताउदै स्थानियहरुलाई समेत बिमाको फाइदा बारे बताएका छन् ।

प्रकाशित : ९ असार २०७४, शुक्रबार १२:५६