एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द



काठमाडौं । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्रको विभिन्न सेवाहरू अनिश्चितकालका लागि बन्द भएका छन्।

यातायात व्यवस्था विभागमा रहको सर्भरमा आएको समस्याका कारण ईडीएलभीआरएस प्रणाली अवरुद्ध भएकाले कार्यालयबाट प्रवाह हुने लाइसेन्स वितरण, दुई प्राङ्गे सवारी साधनको ब्लुबुक नवीकरण, आज हुने लिखित परीक्षा र एरके र एफरजी को प्रयोगात्मक परीक्षा बाहेकका सम्पूर्ण सेवाहरू बन्द भएका छन्।

बन्द भएका सेवाहरू अर्को सूचना नभएसम्मका खुला नहुने कार्यालयले बताएको छ। यसबाट उक्त कार्यालयसँग सम्बन्धित सेवाग्राहीहरूलाई प्रत्यक्ष असर गर्ने भएको छ। कार्यालयले सर्भरमा देखिएको समस्या समाधान भएपछि सेवाहरू यथावत रूपमा खुला गरिने बताएको छ।

प्रकाशित : 13 July, 2026 2:13 pm