शिक्षासेवी आत्माकृष्ण श्रेष्ठ ‘नन्दप्रसाद जानुका स्मृति सम्मान’बाट सम्मानित हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शिक्षासेवी आत्माकृष्ण श्रेष्ठ ‘नन्दप्रसाद जानुका स्मृति सम्मान’बाट सम्मानित हुने



काठमाडौं । यस वर्षको रु २५ हजार राशिको ‘नन्दप्रसाद जानुका स्मृति सम्मान’ शिक्षासेवी तथा पूर्वसहसचिव आत्माकृष्ण श्रेष्ठलाई प्रदान गरिने भएको छ।

नन्दप्रसाद जानुका फाउण्डेशनका अध्यक्ष अजयबाबु शिवाकोटीका अनुसार दोलखाको शैक्षिक विकासमा इन्जिनियर श्रेष्ठले पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप उनलाई सम्मान प्रदान गर्ने निर्णय गरिएको हो।

उक्त सम्मान आगामी भदौ ४ गते, नन्दप्रसाद शिवाकोटीको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रदान गरिने फाउण्डेशनले जनाएको छ। लामो समय निजामती सेवामा कार्यरत रहेका श्रेष्ठ सहसचिव पदबाट निवृत्त भएका हुन्।

हाल ८८ वर्षीय श्रेष्ठ चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष, गौरीशङ्कर सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष तथा सिँगटी सामुदायिक अस्पतालका संस्थापक अध्यक्षसमेत हुन्। शिक्षा, पुस्तकालय तथा स्वास्थ्य क्षेत्रको विकासमा उनको योगदान उल्लेखनीय मानिन्छ।

प्रकाशित : 12 July, 2026 1:29 pm