‘गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?’ भन्दै ज्ञानेन्द्र शाहीको प्रश्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

‘गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?’ भन्दै ज्ञानेन्द्र शाहीको प्रश्न



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङलाई कन्टेन्ट क्रियटर हो कि देशको गृहमन्त्री भन्दै प्रश्न गरेका छन् । प्रतिनिधी सभा बैठकमा सांसद शाहीले आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रसंगमा गृहमन्त्री सुधन गुरुङले प्रचारप्रसारका लागि फिल्मी शैलीमा यु्ट्युवमा कन्टेन्ट क्रियट गर्न लागिपरेको आरोप लगाएका छन् ।

‘गणेश नेपालीको जीवन बच्थ्यो, एउटा प्लेनको व्यवस्था गरेर राती नै उपचारको लागि भारत पठाउन सकिन्थ्यो’ उनले भने, ‘वीर अस्पताल पुगेर आफ्नो निकटका युट्युवर लिएर जाने अनि कन्टेन्ट क्रियट गर्ने गृहमन्त्री ज्यु तपाई साच्चिकै गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर हो ?’

साथै सरकारले लगाएको कर व्यवस्थाले गरिब निमुखाई बाच्न समेत हम्य भएको सांसद शाहीले बताए। ‘ आज सरकाको नीति ऐन हेर्दा हुनेखानीका लागि मात्रै भयो, खल्तीमा पैसा हुनेलाई मात्रै यो देशमा बाच्न पाउने जस्तो नीति भयो’ उनले भने, ‘यो यूरोप होइन, सबै अर्बपति छैन, कर तिछौं तर सुविधा भने तल्लो स्तरको हुँदाहुँदै दुर्भाग्यबस पाउँदै आइरहेको स्वास्थ्य बीमा समेत रोकिदिएको छ ।’

प्रकाशित : 10 July, 2026 2:08 pm