लक्ष्मी बैंकको ३ लाख ९४ हजार शेयर लिलामीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लक्ष्मी बैंकको ३ लाख ९४ हजार शेयर लिलामीमा



काठमाडौं, ९  असार । लक्ष्मी बैंक लिमिटेडले लिलामीमा शेयर बिक्री गर्ने भएको छ । बैंकले सर्वसाधारण तर्फको ३ लाख ९४ हजार ९३९ कित्ता शेयर लालामीमा बिक्री गर्ने भएको हो ।

बैंकको उक्त लिलामी शेयरमा असार १६ गतेदेखि असार २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकले यसअघि बैशाख ३ देखि जेठ ७ गतेसम्म साधारण शेयर निष्काशन गरेको थियो । त्यसबेला नबिकेको सर्वसाधारण तर्फको उक्त शेयर लिलामीमा राख्न लागेको हो ।

उक्त लिलामी शेयरमा न्युनतम १ सय रुपैयाँ कबोल गरेर शिलवन्दी पेश गर्नुपर्ने बैंकले जानकारी दिएको छ । यसको लिलामी शेयर बिक्री प्रवन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रकाशित : ९ असार २०७४, शुक्रबार ०४:४९