सानिगाड र कालंगा हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, यस्तो तोकियो ओपनिङ रेञ्ज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सानिगाड र कालंगा हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, यस्तो तोकियो ओपनिङ रेञ्ज



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार सानिगाड हाइड्रो लिमिटेड र कालंगा हाइड्रो लिमिटेड को आईपीओ सूचीकृत भएको छ। सूचीकृत भएसँगै दुवै कम्पनीको शेयर कारोबार भोलि बिहीबारदेखि दोस्रो बजारमा सुरु हुनेछ।

सानिगाड हाइड्रोको कुल २ करोड ८५ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो। यसमध्ये ८५ लाख ५० हजार कित्ता (३० प्रतिशत) सर्वसाधारणलाई आईपीओमार्फत जारी गरिएको हो भने १ करोड (९ लाख ५० हजार कित्ता ९७० प्रतिशत) संस्थापक समूहको स्वामित्वमा रहेको शेयर हो।

त्यसैगरी, कालंगा हाइड्रोको १ करोड ४० लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ। कुल शेयरमध्ये ४९ लाख कित्ता (३५ प्रतिशत) सर्वसाधारणलाई जारी गरिएको आईपीओ हो भने ९१ लाख कित्ता (६५ प्रतिशत) संस्थापक शेयरधनीको स्वामित्वमा रहेको छ।

नेप्सेले सानिगाड हाइड्रोलाई ‘SGHL’ र कालंगा हाइड्रोलाई ‘KGHL’ कारोबार संकेत प्रदान गरेको छ।

प्रथम कारोबारका लागि नेप्सेले सानिगाड हाइड्रोको शेयरको ओपनिङ रेञ्ज प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म निर्धारण गरेको छ। यस्तै, कालंगा हाइड्रोको शेयरको ओपनिङ रेञ्ज प्रतिकित्ता ९८.५६ रुपैयाँदेखि २९५.६८ रुपैयाँसम्म तोकिएको छ।

यससँगै दुवै कम्पनीका शेयरधनीले भोलिदेखि दोस्रो बजारमा आफ्नो शेयर खरिद–बिक्री गर्न सक्नेछन्।

प्रकाशित : 1 July, 2026 1:06 pm