बैंकबाट कर्जा लिनुअघि तपाईंको ‘क्रेडिट हिस्ट्री’ अनिवार्य रूपमा जाँच हुन्छ भन्ने थाहा छ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंकबाट कर्जा लिनुअघि तपाईंको ‘क्रेडिट हिस्ट्री’ अनिवार्य रूपमा जाँच हुन्छ भन्ने थाहा छ?



काठमाडाै । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह गर्नुअघि ग्राहकको कर्जा सूचना अनिवार्य रूपमा जाँच गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ। राष्ट्र बैंकले वित्तीय चेतना अभियानअन्तर्गत सार्वजनिक गरेको सन्देशमा कर्जा सूचना केन्द्रबाट प्राप्त हुने विवरणका आधारमा ऋणीको कर्जा अवस्था मूल्याङ्कन गरिने उल्लेख गरिएको छ।

राष्ट्र बैंकका अनुसार कर्जा सूचनामा ग्राहकले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा सीमा, बाँकी कर्जा, भाखा नाघेको अवधि, धितोको विवरण, जमानीकर्ताको अवस्था तथा कालोसूचीमा रहे/नरहेको लगायतका विस्तृत विवरण समावेश हुन्छन्। यस्तो सूचना नयाँ कर्जा स्वीकृत गर्दा मात्र नभई कर्जाको पुनरसंरचना, पुनरतालिकीकरण तथा नियमित समीक्षा गर्दा पनि आवश्यक पर्ने जनाइएको छ।

राष्ट्र बैंकले ‘सही सूचना, सुरक्षित कर्जा’ भन्ने सन्देश दिँदै बैंक तथा वित्तीय संस्थालाई जिम्मेवार कर्जा प्रवाह गर्न र ग्राहकलाई पनि आफ्नो कर्जा अभिलेखबारे सचेत रहन आग्रह गरेको छ।

प्रकाशित : 30 June, 2026 10:35 am