काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको छोटो अवधिमै हासिल गरेको जनसमर्थन उल्लेखनीय र लोभलाग्दो रहेको बताएका छन्।
रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै थापाले पार्टीले चार वर्षमै प्राप्त गरेको जनमतको खुलेर प्रशंसा गरे। उनले रास्वपाले हासिल गरेको जनसमर्थन नेपाली राजनीतिक इतिहासमा विरलै देखिने खालको रहेको बताए।
‘पार्टी स्थापना भएको चार वर्षमै तपाईंहरूले प्राप्त गर्नुभएको जनसमर्थन लोभलाग्दो छ। यसको म मुक्तकण्ठले प्रशंसा गर्छु,’ थापाले भने।
उनले इतिहासमा सीमित अवसरमा मात्रै नयाँ राजनीतिक शक्तिले यति ठूलो जनमत प्राप्त गरेको उल्लेख गर्दै त्यस्ता अवसरहरू चुनौतीपूर्ण समेत हुने गरेको स्मरण गराए।
संगठन विस्तारदेखि निर्वाचनमा सफलता हासिल गर्ने यात्रामा पार्टी नेतृत्व र कार्यकर्ताको भूमिकाको प्रशंसा गर्दै थापाले रास्वपाका सभापति रवि लामिछाने तथा पार्टी पंक्तिलाई बधाई दिए।






Comment