आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने



काठमाडौं । आज (जुन २१) यस वर्षको सबैभन्दा लामो दिन परेको छ । 

पृथ्वीको उत्तरी गोलाद्र्धमा सूर्यको प्रकाश सबैभन्दा बढी समय पर्ने भएकाले आज दिनको वर्षभरकै सबैभन्दा लामो हुने गर्दछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान ५ः०९ बजे सूर्योदय भएको छ भने साँझ ७ः०३ बजे सूर्यास्त हुनेछ । यसअनुसार आज दिनको अवधि करिब १३ घण्टा ४५ मिनेट रहनेछ ।

आजपछि दिन क्रमशः छोटो र रात लामो हुँदै जानेछ । 

प्रकाशित : 21 June, 2026 10:47 am