भ्रामक समाचार सम्प्रेषण नगर्न राष्ट्र बैंकको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भ्रामक समाचार सम्प्रेषण नगर्न राष्ट्र बैंकको आग्रह



काठमाडाै ७ असार । नेपाल राष्ट्र बैंकले हालकै दिनहरुमा केही व्यक्तिहरुले बैकिङ्ग प्रणालीको अवमूल्यन हुने कार्य गरेको बताउदै सञ्चार माध्यमहरुमा बैकिङ्ग प्रणाली प्रति नकारात्मक सन्देश प्रवाह हुने गरी समाचार सम्प्रेषण भएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दे हालकै दिनमा केही व्यक्तीहरुको समूहले बैंक तथा वित्तीय संस्थामा अभद्र व्यवहार देखाई नारावाजी तथा हुलहुज्जत गर्ने गरेको बताएको छ ।

समग्र बैकिङ्ग प्रणालीको संरक्षण र सम्वर्धन गर्दै सर्वसाधारण निक्षेपकर्ता लगायत सरोकारवाला पक्षको हितको संरक्षण गर्ने कार्यलाई यस बैंकले उच्च प्राथमिकता दिइ कार्य गरिरहेको परिप्रेक्षमा बैंक तथा वित्तीय प्रणाली प्रति भ्रामक समाचार सम्प्रेषण नगर्न यस बैंकले सबैलाई अनुरोध गरेको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित : ७ असार २०७४, बुधबार ०७:३०