समस्याग्रस्त ५ सहकारीका बचतकर्तालाई ३० दिनभित्र दाबी पेश गर्न आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

समस्याग्रस्त ५ सहकारीका बचतकर्तालाई ३० दिनभित्र दाबी पेश गर्न आह्वान



काठमाडौं । बागमती प्रदेश सरकारअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित पाँच सहकारी संस्थाका बचतकर्ता, सदस्य तथा हकवालाहरूलाई ३० दिनभित्र मागदाबी पेश गर्न आह्वान गरेको छ। समितिले सूचना जारी गरी बचतकर्ताहरूलाई आफूले पाउनुपर्ने रकमको दाबी सहित आवश्यक कागजात पेश गर्न आह्वान गरेको हो।

जस अन्र्तगत सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, काठमाडौं, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, काठमाडौं, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेड, काठमाडौं, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, काठमाडौं, सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, ललितपुर रहेका छन्।

सूचनाअनुसार मागदाबी फाराम समितिको कार्यालयबाट वा समितिको वेबसाइटबाट प्राप्त गरी भरिएको फाराम तोकिएको अवधिभित्र बुझाउनुपर्नेछ। समितिले बचतकर्ताहरूलाई सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र दाबी पेश गर्न आग्रह गरेको छ।

समयसीमा भित्र दाबी नपरेमा प्रचलित कानुनअनुसार प्रक्रिया अगाडि बढाइने जनाइएको छ। मागदाबी फाराम तथा थप विवरण समितिको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ।

प्रकाशित : 18 June, 2026 1:20 pm