बैंकिङ कसुर मुद्दामा सेफ सन्तोष साह पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

अर्थतन्त्र

बैंकिङ कसुर मुद्दामा सेफ सन्तोष साह पक्राउ

काठमाडौं । सेफ सन्तोष साह पक्राउ परेका छन्। शुक्रबार राति उनलाई महोत्तरीबाट प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर सम्बन्धी पक्राउ पुर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।

गैरीधारास्थित एक रेष्टुरेन्ट खरिदका क्रममा बैंकिङ कसुर गरेको आरोपमा साहविरुद्ध मुद्दा दर्ता भएको थियो। आरोपअनुसार उनले उक्त रेष्टुरेन्ट एक करोड ३० लाख रुपैयाँमा खरिद गरे पनि सम्झौताअनुसारको सम्पूर्ण रकम भुक्तानी नगरेको बताइएको छ।

रेष्टुरेन्ट बिक्रीकर्ता सकुन्तला अधिकारी (थापा) ले बाँकी रकम नपाएको भन्दै साहविरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा दायर गरेकी थिइन्। सोही मुद्दाको आधारमा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले उनलाई महोत्तरीबाट पक्राउ गरेको जनाएको छ।

प्रकाशित : ३० जेष्ठ २०८३, शनिबार १०:३८ 13 June, 2026 10:38 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।