घोराही सिमेन्टको ४ करोडभन्दा बढी शेयरको लकइन अवधि अन्त्य हुदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

घोराही सिमेन्टको ४ करोडभन्दा बढी शेयरको लकइन अवधि अन्त्य हुदै



काठमाडौं । घोराही सिमेन्टको ४ करोडभन्दा बढी कित्ता शेयरको लकइन (निष्कासन तथा कारोबार प्रतिबन्ध) अवधि सकिन लागेको छ। कम्पनीका अनुसार कुल ४ करोड ३ लाख १८ हजार १११ कित्ता शेयरको लकइन अवधि आगामी असार ३१ गते समाप्त हुनेछ।

लकइन खुल्ने शेयरमध्ये संस्थापक समूहको ४ करोड १ लाख ९५ हजार ६३४ कित्ता, उद्योग प्रभावित स्थानीय बासिन्दाको २४ हजार ७०५ कित्ता तथा कर्मचारीको ९७ हजार ७७२ कित्ता शेयर समावेश छन्।

नेपालको विद्यमान व्यवस्था अनुसार कुनै कम्पनीको आईपीओ बाँडफाँट भएको मितिबाट संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीलाई प्रदान गरिएको शेयर तीन वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान छ। सोही अवधिको समाप्तिसँगै घोराही सिमेन्टका यी शेयरहरू कारोबारका लागि खुला हुने भएका हुन्।

तर कम्पनीले स्पष्ट पारेअनुसार सञ्चालक तथा उच्च व्यवस्थापकीय जिम्मेवारीमा रहेका कर्मचारीको शेयर भने सम्बन्धित नियमअनुसार अझै रोक्का अवस्थामै रहनेछ।

प्रकाशित : 10 June, 2026 4:25 pm