प्रधानमन्त्रीको सिमा विवादसम्वन्धि धारणा लिखित रुपमा भएपनि आउनुपर्छ : हर्क साम्पाङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

अर्थ राजनीति

प्रधानमन्त्रीको सिमा विवादसम्वन्धि धारणा लिखित रुपमा भएपनि आउनुपर्छ : हर्क साम्पाङ

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेनको सिमा विवादसम्वन्धि धारणा लिखितरुपमा भएपनि आउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई जिम्मेवारी बनाउन निरन्तरण विरोध गरिरहेको उल्लेख गर्दै जसको गल्ति उसैले सच्चाउनुपर्ने बताएका हुन् । 

उनले भने, ‘प्रधानमन्त्रीलाई जिम्मेवारी बनाउने कुरा हो, अरु केही हैन, उहाँ यहाँ आउनै नहुने उहाँले गर्नुभएको जुन गल्ति छ त्यसलाई सच्चाउन अरु मान्छे लागिदिनुपर्ने भन्ने खालको कुरा न्यायसम्वत छैन। संविधानसम्वत पनि छैन । हामीले विधिद्धारा संसदलाई सञ्चालन गर्नुपर्ने हो या के हो ? यहाँ प्रश्न गर्न चाहान्छु। हाम्रो माग सम्वन्धित व्यक्ति जसले गल्ति गर्नुभएको हो उहाँको तहबाट नै उहाँको धारण के हो प्रधानमन्त्रीको धारणा के हो? लिखितरुपमा भएपनि धारणा राख्नुपर्छ ।’

यस्तै उनले प्रधानमन्त्री भन्ने पद संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै संविधानसम्वत संसद चल्नुपर्ने बताए । 

‘त ठूलो कि म ठूलो? अहंकार ठुलो कि संस्कार ठूलो ? आकार ठुलो कि प्रकार ठुलो ? पेलेर जाने कि सम्हालेर लाने ? पद ठूलो कि देश ठूलो? प्रश्नै प्रश्न छन् यहाँ यो प्रश्न म राख्न चाहान्छु । हाम्रो आन्दोलन, माग एउटै उद्देश्य छ प्रधानमन्त्री भन्ने पद व्यक्तिसँग सरोकार राख्दैन । प्रधानमन्त्री भन्ने पद संसदप्रति उत्तरदायी हुनैपर्छ। संविधानको धार ७६ को उपधारा १० अन्तर्गत यो संसद चल्ने कि नचल्ने ?’, उनले भने । 

प्रकाशित : २७ जेष्ठ २०८३, बुधबार १६:०१ 10 June, 2026 4:01 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।