महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौं संस्करण जेठ १७ गतेदेखि हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौं संस्करण जेठ १७ गतेदेखि हुने



काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो ३२ औं वार्षिकोत्सवको अवसरमा आगामी जेठ १७ देखि २० गतेसम्म कर्पोरेट क्रिकेट लिग आयोजना गर्ने भएको छ। काठमाडौंको चुनिखेलस्थित रोयल स्पोर्टस् पार्कमा आयोजना हुने सो प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाका २४ टोलीले सहभागिता जनाउनेछन् ।

चार दिनसम्म चल्ने सो प्रतियोगितामा कुल ४५ खेलहरू हुनेछन् भने विजेता तथा उपविजेताको पुरस्कार वितरण जेठ २२ गते गरिनेछ ।

१२ जेठ, काठमाडौं । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको अवसरमा कर्पोरेट क्रिकेट लिग २०२६ (पाँचौं संस्करण) जेठ १७ देखि आयोजना गर्ने भएको छ । जेठ २० गतेसम्म काठमाडौंको चुनिखेलस्थित रोयल स्पोर्टस् पार्कमा लिग सञ्चालन हुने भएको छ ।

हरेक वर्षझैं यो वर्ष पनि वार्षिकोत्सवको अवसरमा उक्त क्रिकेट लिग गर्न लागिएको बैंकले जनाएको छ । लिगमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी साथै मर्चेन्ट बैंकहरूको सहभागिता रहनेछ । ४ दिनमा कुल ४५ खेल हुने र २४० जना खेलाडी रहनेछन् । लिगमा ९ वाणिज्य बैंक, ७ विकास बैंक, ३ वित्त कम्पनी, १ लघुवित्त कम्पनी, ३ बिमा कम्पनी र १ मर्चेन्ट बैंकको सहभागिता रहने छ । उक्त लिगको पुरस्कार वितरण समारोह जेठ २२ गते हुनेछ ।

आयोजित पूर्वप्रतियोगिता भेटघाट तथा टाई सिट कार्यक्रममा विजेता तथा उपविजेता ट्रफी र टिम जर्सी सार्वजनिक गरिएको छ । कम नक आउट ढाँचामा आयोजना हुने प्रतियोगितामा कुल ४५ वटा खेल खेलिनेछन् । सहभागी २४ टोलीलाई ६ वटा समूहमा विभाजन गरिनेछ जसबाट समूहको उत्कृष्ट एक टिम सुपर सिक्समा प्रवेश गर्नेछन् ।

खेल १० ओभर प्रति इनिङ्सको हुनेछ । प्रतियोगितामा माछापुच्छ्रे बैंक, एनएमबी, प्राइम कमर्सियल, कुमारी, एभरेस्ट, नबिल, सानिमा, प्रभु तथा नेपाल बैंकको सहभागिता रहनेछ । त्यस्तै गरिमा, लुम्बिनी, कामना सेवा, महालक्ष्मी, ज्योति, सांग्रिला, शाइन रेसुङ्गा विकास बैंक सहभागी हुनेछन् । आईसीएफसी, श्री इन्भेष्टमेन्ट, मञ्जुश्री फाइनान्स सहभागी हुनेछन् ।

सहभागी हुने अन्य संस्थामा स्वावलम्बन लघुवित्त, सानिमा जीआईसी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र एनआइएमबी एस क्यापिटल छन् ।

प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डर, फेयर प्ले अवार्ड लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सम्पूर्ण खेलको प्रसारण बैंकको आधिकारिक सामाजिक सञ्जाल ९युटयुब च्यानल० तथा नेवा टेलिभिजन तथा नेवा टेलिभिजनको युटयुब च्यानल मार्फत हुनेछ ।

प्रकाशित : 27 May, 2026 11:18 am