सिन्धु विकास बैंकको सीईओमा गणेश कुमार केसी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सिन्धु विकास बैंकको सीईओमा गणेश कुमार केसी नियुक्त



काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गणेश कुमार केसी नियुक्त भएका छन्।

आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले केसीलाई आगामी ४ वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को जिम्मेवारी सम्हाल्दै आएका केसीले आज (जेठ ११ गते) देखि नै लागू हुने गरी बैंकको नेतृत्व सम्हालेका छन्।

बैंकिङ क्षेत्रमा कुशल व्यवस्थापकको पहिचान बनाएका केसीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा गरी २० वर्षभन्दा बढीको लामो कार्यअनुभव छ। यसअघि उनले मालिका विकास बैंकको सीईओ तथा कुमारी बैंक लिमिटेडको आन्तरिक लेखा परीक्षण विभागको प्रमुखका रूपमा समेत सफलतापूर्वक कार्यभार सम्हालिसकेका छन्।

लामो अनुभव र बैंकिङ क्षेत्रमा राम्रो दख्खल भएका केसीको नेतृत्वसँगै सिन्धु विकास बैंकले आगामी दिनमा व्यवसाय विस्तार र वित्तीय गन्तव्यमा थप उचाइ लिने विश्वास बैंक व्यवस्थापनले लिएको छ।

प्रकाशित : 25 May, 2026 11:05 am