राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालकमा डा. पौड्याल विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालकमा डा. पौड्याल विजयी




काठमाडौं । राष्ट्रिय सहकारी बैंक को बागमती प्रदेश सञ्चालकमा डा. पौड्याल विजयी भएका छन् ।
आज सम्पन्न निर्वाचनमा उनले प्रतिस्पर्धी रामशरण शर्मा घिमिरेलाई २७५ मतान्तरले पराजित गर्दै जीत हासिल गरेका हुन् ।
निर्वाचन परिणामअनुसार डा. पौड्यालले १८२७ मत प्राप्त गरेका छन् भने घिमिरेले १५५२ मत प्राप्त गरेका छन् ।
विजयपछि प्रतिक्रिया दिँदै डा. पौड्यालले बैंकलाई अझ सुदृढ, पारदर्शी र सदस्य–मैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सहकारी बैंकमार्फत वित्तीय सुशासन कायम गर्ने तथा नीतिगत स्थिरताका लागि काम गर्ने बताए ।
सहकारी अभियानमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएका डा. पौड्यालले आफ्नो अनुभव आगामी नेतृत्वका लागि मुख्य आधार हुने उल्लेख गरे ।

प्रकाशित : 23 May, 2026 7:53 pm