अटो बजारको ठूलो प्रदर्शनी ‘नाइमा मोबिलिटी एक्सपो’का लागि स्टल आवेदन खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

अटो बजारको ठूलो प्रदर्शनी ‘नाइमा मोबिलिटी एक्सपो’का लागि स्टल आवेदन खुला



काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्ने ‘नाइमा नेपाल मोबिलिटी एक्सपो’का लागि बुधबारदेखि स्टल बुकिङ खुला गरेको छ ।

एक्सपोमा सहभागी हुन इच्छुक अटोमोबाइल व्यवसायी तथा कम्पनीहरूले आगामी जेठ १९ गतेभित्र स्टल बुकिङका लागि आवेदन दिनुपर्ने आयोजकले जनाएको छ ।

अटोमोबाइल क्षेत्रको ‘कुम्भ मेला’का रूपमा परिचित यो एक्सपो आगामी साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ । एक्सपो काठमाडौँस्थित भृकुटीमण्डप प्रदर्शनी स्थल मा आयोजना हुने तय भएको छ ।

आयोजकका अनुसार एक्सपोमा नेपालको अटोमोबाइल क्षेत्रमा भित्रिएका नवीन प्रविधि, आधुनिक सवारी साधन तथा मोबिलिटीका नयाँ आयामहरू एकै स्थानमा अवलोकन गर्न पाइनेछ । ‘नाइमा मोबिलिटी एक्सपो’को यो दोस्रो संस्करण हो ।

प्रकाशित : 21 May, 2026 6:07 pm