काठमाडौं । विपक्षी दलको बहिस्कार, नाराबाजी र विरोधकाबिच प्रतिनिधिसभाबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।
नीति तथा कार्यक्रम पारित भएसँगै सरकारले आगामी बजेट ल्याउने संवैधानिक बाटो खुलेको छ ।
राष्ट्रपति ले वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री ले बुधबार प्रतिनिधिसभामा वार्षिक नीति तथा कार्यक्रम टेबल गरेका थिए । बिहीबार भएको छलफलपछि अर्थमन्त्री वाग्लेले उठेका प्रश्नको जवाफ दिएसँगै नीति तथा कार्यक्रम पारित गरिएको हो ।
अर्थमन्त्रीले जवाफ दिने क्रममा विपक्षी सांसदहरूले नाराबाजी गर्दै विरोध जनाएका थिए । विपक्षी दलहरूले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने अडान राखे पनि प्रधानमन्त्री अनुपस्थित रहेकै अवस्थामा कार्यक्रम पारित गरिएको हो ।
यसअघि बिहीबार नै राष्ट्रियसभाबाट पनि विपक्षीको बहिस्कारकाबिच नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो ।






Comment