स्वरोजगार लघुवित्तको हकप्रद निष्काशन,कहाँबाट दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्वरोजगार लघुवित्तको हकप्रद निष्काशन,कहाँबाट दिने आवेदन ?



काठमाडौं, १ असार  । स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडले २ बराबर एकको अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद निष्काशन गरेको छ । सय रुपैयाँ अंकित मूल्य तीन लाख ४९ हजार नौ सय ९३ दशमलव ६० कित्ता हकप्रद निष्काशन गरेको हो । छ करोड ९९ लाख ९८ हजार रुपैंया चुक्ता पूँजी रहेको लघुवित्तको ५० प्रतिशत हकप्रद बिक्री पश्चात पूँजी १० करोड ४९ लाख ९८ हजार रुपैंया चुक्ता पूँजी पुग्नेछ ।

कम्पनीको हकप्रदमा जेठ १६ सम्म कायम शेयरधनीले असार १ देखि साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कहाँ कहाँबाट दिन सकिन्छ आवेदन

हकप्रद स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेड बनेपा ९, काभ्रेपलाञ्चोक तथा शाखा कार्यालयहरु बनेपा, पनौती, काभ्रेपलाञ्चोक स् हेटौंडा, मनहरी, मकवानपुर स् गीता नगर, चनौली, खोलेसिमल, भरतपुर, टाँडी, पर्साबजार, चितवन त्यस्तै एनएमबि क्यापिटल नागपोखरी र एनएमबि बैंक तिनकुने काठमाडौं, सूर्य विनायक भक्तपुर, कुमारीपाटी ललितपुर, तीनदोबाटो बनेपा, मिलनचोक बुटवल, महेन्द्रपथ धरान, रङगेली विराटनगर, सर्खेतरोड नेपालगञ्ज, बसपार्क रोड धनगढी, न्यूरोड पोखरा, आदर्शनगर वीरगञ्ज, भानुचोक जनकपुर, नारायाणगढ चितवन, बिर्तामोड झापाबाट आवेदन दिन सकिने छ ।

प्रकाशित : १ असार २०७४, बिहीबार ०४:५६