काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको खुद नाफा उल्लेख्य रूपमा घटेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ३ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.६७ प्रतिशतले कम हो।
अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा कम्पनीको कुल आम्दानी पनि घटेको छ। कम्पनीले चालु आवको समीक्षा अवधिसम्म १० करोड २१ लाख रुपैयाँ कुल आम्दानी गरेको छ, जबकि अघिल्लो आवको सोही अवधिमा यस्तो आम्दानी २३ करोड ४३ लाख रुपैयाँ रहेको थियो। यसअनुसार कम्पनीको कुल आम्दानी ५६.४२ प्रतिशतले घटेको देखिन्छ।
यद्यपि कम्पनीले खर्च नियन्त्रणमा भने सुधार गरेको छ। अघिल्लो आवको तेस्रो त्रैमाससम्म १० करोड ४४ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले चालु आवको समीक्षा अवधिसम्म ५ करोड ८३ लाख रुपैयाँ मात्रै खर्च गरेको जनाएको छ।
कम्पनीले समीक्षा अवधिसम्म १२ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ। साथै कम्पनीको रिटेन्ड अर्निङ २८ करोड ६२ लाख रुपैयाँ रहेको छ भने फेयर भ्यालु रिजर्भमा ५१ करोड ५७ लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीको चुक्तापूँजी १ अर्ब ४१ करोड रुपैयाँ कायम छ।
यसैबीच, कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। अघिल्लो आवमा ३.८९ रुपैयाँ रहेको भ्एक् चालु आवको तेस्रो त्रैमाससम्म घटेर १.८५ रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ७८.३३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०१.१८ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात ७४०.२६ गुणा कायम भएको कम्पनीले जनाएको छ।






Comment