नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा पुनः रामबहादुर यादव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१० मंसिर २०८३, बिहिबारThursday, November 26, 2026

अर्थबजार स्टोरी

नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा पुनः रामबहादुर यादव


काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघ को उन्नाइसौं साधारण सभाले राम बहादुर यादव को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नेशनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका यादवलाई दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन गरिएको हो। उनी यसअघिको कार्यसमितिमा पनि अध्यक्ष थिए।
संघको उपाध्यक्षमा दिपकनिधि तिवारी, महासचिवमा संजय कुमार मण्डल, कोषाध्यक्षमा विनोद आचार्य तथा सचिवमा शिवप्रसाद ज्ञवाली चयन भएका छन्।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा बद्रीप्रसाद दुलाल, सौगात बीर चौधरी, सारदा खत्री, हरिकृष्ण जोशी, सरोज कुमार सिंह तथा दिलिप कुमार पोख्रेल निर्वाचित भएका छन्।
नेपाल लघुवित्त बैंकर्स संघ लघुवित्त वित्तीय संस्थामा कार्यरत प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था हो।

प्रकाशित : २९ बैशाख २०८३, मंगलबार २१:४४ 12 May, 2026 9:44 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।