काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघ को उन्नाइसौं साधारण सभाले राम बहादुर यादव को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नेशनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका यादवलाई दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन गरिएको हो। उनी यसअघिको कार्यसमितिमा पनि अध्यक्ष थिए।
संघको उपाध्यक्षमा दिपकनिधि तिवारी, महासचिवमा संजय कुमार मण्डल, कोषाध्यक्षमा विनोद आचार्य तथा सचिवमा शिवप्रसाद ज्ञवाली चयन भएका छन्।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा बद्रीप्रसाद दुलाल, सौगात बीर चौधरी, सारदा खत्री, हरिकृष्ण जोशी, सरोज कुमार सिंह तथा दिलिप कुमार पोख्रेल निर्वाचित भएका छन्।
नेपाल लघुवित्त बैंकर्स संघ लघुवित्त वित्तीय संस्थामा कार्यरत प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था हो।
12 May, 2026 9:44 pm






Comment