प्रधानमन्त्री बालेन शाहको स्वास्थ्यबारे कांग्रेसको गम्भीर प्रश्न, तत्काल परीक्षणको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

प्रधानमन्त्री बालेन शाहको स्वास्थ्यबारे कांग्रेसको गम्भीर प्रश्न, तत्काल परीक्षणको माग



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह को स्वास्थ्य अवस्थाबारे प्रश्न उठाउँदै तत्काल स्वास्थ्य परीक्षण गर्न सरकारसँग माग गरेको छ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बीचैमा बैठक छोडेर बाहिरिएको विषयलाई लिएर गम्भीर प्रश्न उठाएका हुन्।

उनका अनुसार यस्तो व्यवहार सामान्य र स्वाभाविक मान्न नसकिने भएकाले यदि प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै समस्या देखिएको हो भने तत्काल स्वास्थ्य परीक्षण गरिनु आवश्यक छ।

आङ्देम्बेले संसदमा भने, “आफ्नै सरकारको नीति कार्यक्रम पेश भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर हिँड्नु स्वाभाविक होइन। यदि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेको कारण हो भने सरकारले अविलम्ब स्वास्थ्य परीक्षण गरी त्यसको जानकारी संसदलाई दिनुपर्छ।”

उनले प्रधानमन्त्रीको व्यवहारलाई ‘अमर्यादित र अहंकारपूर्ण’ भन्दै यसले संसदको गरिमा र प्रतिष्ठामा असर परेको टिप्पणी गरे। साथै, उनले सरकारसँग यस विषयमा स्पष्ट आधिकारिक धारणा सार्वजनिक गर्न पनि माग गरेका छन्।

नेपाली कांग्रेसले उठाएको यो विषयले संसदमा थप राजनीतिक बहस सिर्जना गरेको छ।

प्रकाशित : 12 May, 2026 3:22 pm