काठमाडौं। गरिमा विकास बैंक ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ बाट सम्मानित भएको छ। न्यू बिजनेस एजद्वारा काठमाडौंमा आयोजित न्यूबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्डस्को दशौं संस्करणमा बैंक सम्मानित भएको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा आयोजित अवार्ड वितरण समारोहमा आयोजकको तर्फबाट विकास बैंकलाई उक्त अवार्ड हस्तान्तरण गरिएको हो।
यस उपाधिले ग्राहकलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय एवम् प्रविधिमैत्री सेवा प्रदान गर्ने लक्ष्यमा थप हौसला प्रदान गरेको बैंकले जनाएको छ।
यसअघि भारतीय चेम्बर अफ कमर्सद्वारा अगस्ट २९ मा आयोजित इमर्जिङ एसिया बैंकिङ अवार्डमा विभिन्न विधाबाट सम्मानित भएको छ।
हाल, गरिमा विकास बैंकका देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम एवम् नविनतम डिजिटल बैंकिङमार्फत करिब ९ लाख ग्राहकलाई सरल, सुरक्षित एवम् गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।






Comment