काठमाडौं । सरकारले नापी र मालपोत सेवालाई एकीकरण गरी चरणबद्ध रूपमा सबै स्थानीय तहसम्म विस्तार गर्ने घोषणा गरेको छ ।
सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधिमार्फत भूमिको नाप–नक्सा र अभिलेख अध्यावधिक कार्यलाई तीव्रता दिइने बताएका हुन् ।
सरकारले भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको सुरक्षित आवास व्यवस्थापन गर्दै भूमि सम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने नीति समेत लिएको जनाएको छ ।






Comment