बाली तथा पशुधन बीमाको दायरा विस्तार गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

अर्थबजार स्टोरी

बाली तथा पशुधन बीमाको दायरा विस्तार गरिने

सरकारले साना किसान लक्षित बाली तथा पशुधन बीमाको दायरा विस्तार गर्ने भएको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा उक्त व्यवस्था समावेश गरिएको हो। सरकारका अनुसार बाली तथा पशुधन बीमालाई विस्तार गर्दै बीमालेख जारी गर्ने, प्रिमियम अनुदान भुक्तानी गर्ने तथा दाबी प्रक्रिया डिजिटल प्रणालीमार्फत सञ्चालन गरिनेछ।

नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा जोखिम न्यूनीकरण गर्न बीमा प्रणालीलाई प्रभावकारी बनाइने उल्लेख छ। डिजिटल प्रणालीमा आबद्ध भएपछि बीमा सेवा छिटो, पारदर्शी र सहज हुने अपेक्षा सरकारको छ।

सरकारले यस कदमबाट साना किसानको आय सुरक्षा र कृषि क्षेत्रको दीगो विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित : २८ बैशाख २०८३, सोमबार १७:०८ 11 May, 2026 5:08 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।