नेपालमै बसेर विदेशी कम्पनीका लागि काम गर्न कानुनी व्यवस्था गर्ने सरकारको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपालमै बसेर विदेशी कम्पनीका लागि काम गर्न कानुनी व्यवस्था गर्ने सरकारको निर्णय



काठमाण्डौ । सरकारले नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने ‘रिमोट वर्क’ सम्बन्धी कानुनी व्यवस्था गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो व्यवस्था लागू गरिने जानकारी दिएका हुन् ।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले सूचना प्रविधि तथा डिजिटल अर्थतन्त्रको विस्तारसँगै नेपाली जनशक्तिलाई अन्तर्राष्ट्रिय श्रम बजारसँग जोड्ने उद्देश्यले रिमोट वर्क नीतिलाई कानुनी मान्यता दिन लागिएको बताए ।

सरकारको यस घोषणासँगै नेपालमै बसेर विदेशी कम्पनी तथा संस्थाका लागि सूचना प्रविधि, डिजाइन, डिजिटल मार्केटिङ, परामर्श, लेखन लगायत विभिन्न क्षेत्रमा काम गर्ने नेपाली युवालाई थप अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।
यस नीतिले वैदेशिक आम्दानी वृद्धि, दक्ष जनशक्ति पलायन न्यूनीकरण तथा डिजिटल अर्थतन्त्र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास सरकारको छ ।हाल उक्त व्यवस्थासम्बन्धी विस्तृत कानुनी तथा नीतिगत प्रबन्ध भने छैन । 

प्रकाशित : 11 May, 2026 5:05 pm