गुडविल फाइनान्सको हकप्रद सेयर आवेदन असार १८ गतेबाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गुडविल फाइनान्सको हकप्रद सेयर आवेदन असार १८ गतेबाट



काठमाडौं ३० जेठ । गुडविल फाइनान्सले असार १८ गतेबाट हकप्रद सेयर आबेदन खुला गर्ने भएको छ। कम्पनीले असार १ गतेसम्म कायम भएका सेयरधनीका लागि १० बराबर ६ को अनुपातमा शेयर दिने निर्णय गरिसकेको छ।

फार्इनान्ससंग हाल चुक्ता पूँजी ४५ करोड ३७ लाख ५० हजार रुपियाँ रहेको छ। फाइनान्सका सेयरधनीले एनआइविएल क्यापिटल लाजिम्पाट, गुडविल फाइनान्सका केन्द्रिय तथा शाखा कार्यालयहरु र नेपाल इन्भेष्टमेन्ट बैंकका वीरगञ्ज, विराटनगर, चिप्लेढुङगा, पोखरा, वुटवल र धनगढी शाखाबाट हकप्रद सेयर भर्न सक्नेछन् ।

फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआर्इबिएल क्यापिटल मार्केटलाई तोकेको छ।

हकप्रद भर्ने अन्तिम मिति साउन २२ गतेसम्म दिइएको छ। फाइनान्सको हकप्रद निष्कासनपछि चुक्ता पूँजी ७२ करोड ६० लाख रुपियाँ पुग्ने जनाइएको छ।

प्रकाशित : ३१ जेष्ठ २०७४, बुधबार ०५:५८