गरिमा विकास बैंकका ग्राहकलाई ओम हस्पिटल र केडिसीमा उपचारमा आकर्षक छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गरिमा विकास बैंकका ग्राहकलाई ओम हस्पिटल र केडिसीमा उपचारमा आकर्षक छुट



काठमाडाै । गरिमा विकास बैंक लिमिटेड का ग्राहकहरूलाई स्वास्थ्य सेवामा सहुलियत उपलब्ध गराउने उद्देश्यले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) एण्ड रिसर्च सेन्टर सँग छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौतापछि बैंकका ग्राहकहरूले ओम हस्पिटलको उपचार सेवाअन्तर्गत सिटी स्क्यान, एक्स–रे लगायत अन्य सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

त्यसैगरी, कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) मा बेड शुल्कमा १५ प्रतिशत तथा अन्य स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट पाइनेछ। केडिसीले प्रदान गर्ने उक्त सुविधा काठमाडौंको बसुन्धारा, सुन्दरबस्ती र सतुंगलका साथै पोखरा (कास्की), नारायणगढ र भरतपुर (चितवन) तथा बुटवल (रुपन्देही) स्थित शाखाहरूबाट पनि उपलब्ध हुनेछ।

बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ तथा डेबिट/क्रेडिट कार्डमार्फत बिल भुक्तानी गर्दा दुवै अस्पतालबाट सहज रूपमा छुट लिन सक्नेछन्।

हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित : 29 April, 2026 3:39 pm