नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठलाई पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठलाई पक्राउ



काठमाडाैं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठलाई पक्राउ गरेको छ ।

बिमा ऐन २०७९ को दफा १४० को उपदफा १ (छ) बमोजिमको कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

उक्त दफामा बीमकको कर्मचारी, पदाधिकारी वा अन्य कसैले बिमालेख जारी गर्दा, बीमा गरिएको सम्पत्ति तथा दायित्वको क्षति मूल्यांकन गर्दा, बीमा दाबी भुक्तानी गर्दा वा बीमा व्यवसाय सञ्चालनको क्रममा कुनै अनियमितता गरेमा वा आर्थिक दुरूपयोग गरेमा त्यसलाई कसुर मानिएको छ । बीमा प्राधिकरणको पत्रअनुसार अदालतको अनुमति लिएर उनलाई पक्राउ गरिएको सीआईबीले जनाएकाे छ ।

प्रकाशित : 28 April, 2026 8:15 pm