काठमाडौं । भाटभाटेनी सुपर मार्केटमा किनमेल गर्दा दुई जनाले विद्युतीय सवारी – टाटा पन्च ईभी जितेका छन्। स्टोरमा २५ सय रुपैयाँ बराबरको किनमेल गर्दा दुई जनाले टाटा पन्च ईभी जितेका हुन्।
दसैँ, तिहार र छठको अवसर पारेर सपिङ गर्दा टाटाको ‘पन्च ईभी’ जित्न सकिने योजनाको सोमबार पुरस्कार घोषणा गरिएको हो। उक्त योजना अन्तर्गत कलंकीकी रोशनी सिंह तथा नेपाल पेबाटै क्यूआर गरी सामानको मूल्य तिर्ने पाटनकी समिता प्रधानले टाटाको पन्च ईभी जितेका हुन्।
टाटा मोटर्स नेपालका लागि अधिकारिक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङ र भाटभाटेनीबीच सहकार्य गरी ग्राहकलाई चाडपर्वको अवसरमा सामान किन्दा कार जित्ने योजना ल्याइएको थियो।
‘भाटभटनीबाट किनमेल गरौँ, टाटा पन्च ईभी जितौँ भन्ने नारासहित स्किमको लाभ पुसको १६ गतेसम्म भाटभटेनीमा सामान किनमेल गर्ने ग्राहकले लिएका थिए।






Comment