काठमाडौँ । एनएमबि बैंकले अन्तर्राष्ट्रिय भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उच्च गुणस्तर र दक्षता प्रदर्शन गरेबापत कमर्ज बैंक एजी, जर्मनीबाट प्रतिष्ठित ‘एसटीपी (Straight Through Processing) अवार्ड २०२५’ प्राप्त गरेको छ।
यो अवार्ड अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा उच्च सम्मानका रूपमा लिइन्छ। पूर्ण रूपमा स्वचालित, छिटो र त्रुटिरहित अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्ने सीमित बैंकहरूलाई मात्र यो अवार्ड प्रदान गरिन्छ। यसले एनएमबि बैंकको प्राविधिक दक्षता, कार्यगत अनुशासन तथा विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धतालाई पुष्टि गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले यस उपलब्धिलाई ग्राहक–केन्द्रित सेवाको परिणाम भएको उल्लेख गर्दै भने, “हामी अन्तर्राष्ट्रिय बैंकिङलाई सरल, सुरक्षित र छिटो बनाउने निरन्तर प्रयासमा छौँ।”
यस उपलब्धिले एनएमबि बैंकलाई व्यापार, लगानी तथा अन्तर्राष्ट्रिय वित्तीय पहुँचका लागि थप विश्वसनीय साझेदारका रूपमा सुदृढ बनाएको छ।
एनएमबि बैंकले हाल देशभर १९८ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।






Comment