कानूनमन्त्री गौतम–जापानी राजदूत तोरु भेट, एआई नियमन र कानून सुधारमा सहकार्य छलफल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थ राजनीति

कानूनमन्त्री गौतम–जापानी राजदूत तोरु भेट, एआई नियमन र कानून सुधारमा सहकार्य छलफल

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेटघाट गरेका छन्। भेटका क्रममा जापानी राजदूतले नवनियुक्त मन्त्री गौतमलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

मन्त्री गौतम र राजदूत माएडा बीच कानून सुधारका विषयमा विगतदेखि हुँदै आएको सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल भएको छ। साथै सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० लगायतका विषय बदलिँदो विश्व राजनीतिमा तीव्र रूपमा अगाडि बढिरहेको सन्दर्भमा त्यसलाई नियमन गर्न उपयुक्त कानून आवश्यक रहेको विषयमा समेत जोड दिइएको थियो।

उनीहरूबीच सहकार्यका थप क्षेत्रहरू पहिचान गर्ने तथा जापान सरकारलाई आवश्यक पर्ने कुनै विषय भए छलफलका लागि नेपाल खुला रहेको सन्देश दिने विषयमा पनि विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित : १० बैशाख २०८३, बिहिबार १५:०० 23 April, 2026 3:00 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।