सहारा विकास बैंक देवः विकास बैकमा गाभिदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सहारा विकास बैंक देवः विकास बैकमा गाभिदै



काठमाडाै २९ जेठ । देवः विकास बैक लिमिटेडले सहारा विकास बैंक लिमिटेड प्राप्ति गर्ने सम्बन्धमा दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा देवः विकास बैकको तर्पmबाट संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्ण लाल बज्राचार्यज्यू र सहारा विकास बैंक लि.को तर्पmबाट संचालक समितिका अध्यक्ष सुगन्ध कुमार गुप्ताज्यूले हस्ताक्षर गर्नु भयो ।

नेपाल राष्ट्र बैकबाट जारी निर्देशन बमोजिम २०७४ आषाढ मसान्तसम्म तोकिए बमोजिम चुक्ता पूँजी पुर्याउनु पर्ने भएकोले सो बमोजिम चुक्ता पूँजी कायम गर्न यो समक्षदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
यस अबधिमा यस बैंकले युनियन फाइनान्स लि. र साझा विकास बैंक प्राप्ति गर्न समझदारी पत्रमा हस्ताक्षर गरी प्रक्रिया अगाडि बढाइ सकेको छ । निष्काशित हकप्रद शेयर बाँडफाँडसम्पन्न भइसकेकोछ ।उपरोक्त संस्थाहरु प्राप्ति पछि बैंकको कुल चुक्ता पूँजी रु. १ अर्व ८० करोड पुग्नेछ ।
यस बैंकले थप चुक्ता पूँजीको लागि अन्य संस्थाहरु प्राप्त÷मर्जर गर्ने योजना सहितको कार्यलाई निरन्तरता प्रदान गरिरहेको छ ।उक्त संस्थाहरु प्राप्ति पछि नेपालको सुदुर पश्चिम तथा मध्य तराई क्षेत्रमा बैंकका शाखा सञ्जालहरु विस्तार भई नेपालभर ५१ वटा शाखा सञ्जाल पुग्नेछ ।
कुल निक्षेप रु. ११.५१ अर्वर कर्जा लगानी रु. १०.०८ अर्व पुग्ने छ ।साथै, संस्थाको नाम देवः विकास बैक लि. नै रहने तथा संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत समेत देवः विकास बैंक लि. कै रहने समझदारी भएको छ ।

प्रकाशित : २९ जेष्ठ २०७४, सोमबार ०५:५२