सभापति चयन भएपछि खड्का भन्छन् – आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सभापति चयन भएपछि खड्का भन्छन् – आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु



काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा भरत खड्का सर्वसम्मत चयन भएका छन् । शुक्रबार बसेको समितिको बैठकले नेपाली कांग्रेसका सांसद खड्कालाई सभापतिमा सर्वसम्मत चयन गरेको हो ।

२०७४ सालमा भएको निर्वाचनमा डोटी–१ ‘क’ बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएका उनी विशेष महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका हुन् ।

गत निर्वाचनमा सभापति गगन थापाले टिकट दिएर पठाएपछि खड्का गत फागुन २१ मा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । सभापतिमा चयन भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले विगतको अनुभव र योग्यताले भ्याएसम्म आर्थिक सुशासन र वित्तिय अनुशासन कायम राख्नेगरी समितिलाई अगाडि बढाउने प्रतिबद्धता जनाए ।

विगतमा भएका विसङ्गतीहरु नदोहोरिने विश्वास दिलाए । उनले भने,‘जुन जिम्मेवारी मैंले प्राप्त गरेको छु, त्यसलाई मेरो विगतको अनुभव र योग्यताले भ्याएसम्म आर्थिक सुशासन र वित्तिय अनुशासन कायम राख्नेगरी यो समितिलाई अगाडि बढाउने छु । विगतका केही विसङ्गतीहरु पनि छन् ,तर ती दोहोरिनेवाला छैन् । ’ आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्रमुख एजेण्डाको रुपमा आफूले लिएको उनको भनाई छ ।

प्रकाशित : 17 April, 2026 2:18 pm