बैंकिङ प्रणालीमा अधिक तरलता, १ खर्ब २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंकिङ प्रणालीमा अधिक तरलता, १ खर्ब २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार १ खर्ब २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। बजारमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले पुनः निक्षेप संकलन उपकरणमार्फत तरलता खिच्न लागेको हो।

हाल कुल निक्षेप ७८ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन र ब्याजदरलाई सन्तुलित राख्न नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत निरन्तर तरलता प्रशोधन गर्दै आएको छ।

यसपटकको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा सहभागी संस्थाले प्रस्ताव गरेका ब्याजदरमध्ये सबैभन्दा कम दर प्रस्ताव गर्नेहरूलाई प्राथमिकतामा राख्दै आह्वान गरिएको कुल रकमसम्म क्रमशः बाँडफाँट गरिने व्यवस्था गरिएको छ।

बोलकबोल प्रक्रिया अनलाइन खरिद प्रणालीमार्फत सञ्चालन हुनेछ र ब्याजदर पनि प्रतिस्पर्धात्मक बोलकबोलकै आधारमा निर्धारण गरिनेछ। आज संकलन हुने निक्षेपको सावाँ तथा ब्याज २०८३ वैशाख २ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा ५ करोड रुपैयाँका गुणकमा कुल आह्वान रकमसम्म रहनेछ।

प्रकाशित : 10 April, 2026 2:17 pm