आईएमईले गर्यो रेमिट्यान्समा सहकारीको भुमिका विषयक तालिम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आईएमईले गर्यो रेमिट्यान्समा सहकारीको भुमिका विषयक तालिम



काठमाडौं। आईएमई को–अपरेटिभ सर्भिस लि कान्तिपथ, काठमाण्डौंको आयोजना रेमिटेन्समा सहकारीको भूमिका विषयक १ दिने तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आईएमई लि र आईएमई अटोमोटिभको सह–आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा ७५ जिल्लाबाट १/१ वटा सहकारी संस्था बाट संस्थाका अध्यक्ष, संचालक, व्यवस्थापक मध्येबाट १÷१ जनाको प्रतिनिधित्व गराईएको थियो ।


कार्यक्रममा बोल्दै युवा उद्धमी तथा ग्लोबल आईएमईका अध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारी संस्थाले सहकारीको मूल्य मान्यता, सिद्धान्त सहकार्य, सहअस्तित्व जस्ता कुराहरु लाई भूल्न नहुने बताए उनले केही सहकारी संस्थाहरु मूल्य र मान्यताहरुलाई कुल्चि कारोबार गरेको कारण सहकारी संस्थाहरुप्रति बितृष्णा देखापरेकोले सहकारी संस्थाहरु स्व अनुगमन भित्र रहि नितिनियम, मापदण्डको परिधिभित्र रहि कार्यगर्न निर्देशन दिदैं एउटै मञ्चमा ७५ जिल्लाबाट १/१ संस्थाका नेतृत्व तहमा रहेका व्यक्तिलाई प्रतिनिधित्व गराउनु भएकोमा आयोजक संस्थालाई धन्यबाद समेत व्यक्त गरे ।
त्यस्तै कार्यक्रमको अवसरमा संस्थाका अध्यक्ष योगेश्वर ढकालले १५ वर्ष पहिला सुरु गरिएको यस संस्थाले विश्वभरि रेमिट्यान्स कारोबार विस्तार गरिसकेको भन्दै पछिल्ला वर्षमा १ गाउँ १ सहकारीको रुपमा अगाडि बढेको जानकारी दिए । उनले विश्वका विभिन्न मुलुकबाट पठाएको रकम विश्वसनिय तवरले गाउँगाउँ तथा शहरमा पुर्याएको बताए ।
आईएमईलिका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सहभागीहरुलाई तालिम प्रदान गर्नुको साथ साथै रेमिटान्स भूक्तानीमा देखिएका र आउनसक्ने समस्याहरुका बारेमा विस्तृत रुपमा जानकारी गराएका थिए ।

प्रकाशित : २२ असार २०७२, मंगलवार १२:५०