सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटडले आज वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि चैत ८ गतेदेखि चैत ११ गतेसम्म ५ लाख ७० हजार कित्ता आईपीओ खुला गरेको थियो।

उक्त अवधिभर ८३ हजार २४६ जनाले आवेदन दिएकोमा ८३ हजार २१६ जनाले १२ लाख ३० हजार ३० कित्ताका लागि दिएको आवेदन मात्रै स्वीकृत भएको छ। यसरी मागभन्दा बढी मात्रामा आवेदन परेकोले गोलाप्रथा विधिद्वारा आईपीओ बाँडफाँड गरिएको हो।

बाँडफाँडमा भाग्यशाली ५७ हजार जना आवेदकले १०/१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने २६ हजारभन्दा बढी आवेदकको हात रित्तिएको छ।

यता कम्पनीले आयोजना प्रभावितका लागि निष्काशन गरेको आईपीओमा पर्याप्त आवेदन नपरेपछि अवधि थप भएको छ। आयोजना प्रभाविततर्फको आईपीओ पनि बाँडफाँड भइसकेपछि मात्रै सर्वसाधारणलाई आईपीओ निष्काशन गरिनेछ।

प्रकाशित : २२ चैत्र २०८२, आइतबार १२:५० 5 April, 2026 12:50 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।