लुम्बिनी विकास बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

अर्थबजार स्टोरी

लुम्बिनी विकास बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयरधनी प्रकाश मान श्रेष्ठको नाममा रहेको २० हजार २९० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

बैंकका अनुसार उक्त शेयर पहिलो चरणमा संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिँदै गत फागुन १० गते सूचना प्रकाशित गरी ३५ दिनको समय दिइएको थियो। तर, सो अवधिमा कुनै पनि निवेदन नपरेपछि अब सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।

प्रकाशित : १६ चैत्र २०८२, सोमबार १२:३२ 30 March, 2026 12:32 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।