काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयरधनी प्रकाश मान श्रेष्ठको नाममा रहेको २० हजार २९० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।
बैंकका अनुसार उक्त शेयर पहिलो चरणमा संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिँदै गत फागुन १० गते सूचना प्रकाशित गरी ३५ दिनको समय दिइएको थियो। तर, सो अवधिमा कुनै पनि निवेदन नपरेपछि अब सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।






Comment