काठमाडौं । नेपालमा फोर्ड गाडीको आधिकारिक आयातकर्ता जी.ओ. अटोमोबाइल्स प्रा.लि.ले ग्राहकलाई लक्षित गर्दै पहिलोपटक अनौठो अफर सार्वजनिक गरेको छ। कम्पनीले सीमित अवधिका लागि फोर्डका प्रिमियम एसयूभी वा पिकअप खरिद गर्ने ग्राहकलाई निःशुल्क इलेक्ट्रिक भेहिकल प्रदान गर्ने घोषणा गरेको हो।
कम्पनीका अनुसार फोर्डका एभरेस्ट, र्याप्टर र रेंजर जस्ता प्रिमियम मोडल खरिद गर्ने ग्राहकले एउटै मूल्यमा दुई वटा गाडी लैजान सक्नेछन्। नेपालमै पहिलोपटक ल्याइएको यस अफरले ग्राहकलाई पेट्रोलरडिजेल गाडीको शक्ति र इलेक्ट्रिक गाडीको किफायती तथा वातावरणमैत्री सुविधालाई एकैसाथ उपयोग गर्ने अवसर दिने कम्पनीको दाबी छ।
जी।ओ। अटोमोबाइल्सका प्रतिनिधिका अनुसार बढ्दो इन्धन मूल्य र दिगो यातायातप्रतिको चासोलाई मध्यनजर गर्दै यस्तो योजना ल्याइएको हो। ‘हामी ग्राहकलाई फोर्डको दमदार अनुभवसँगै दैनिक प्रयोगका लागि इलेक्ट्रिक गाडीको सहजता पनि दिन चाहन्छौं,’ कम्पनीले जनाएको छ।
यो अफर अन्तर्गत ग्राहकले लामो दूरीका यात्राका लागि शक्तिशाली फोर्ड गाडी र सहरभित्रको दैनिक आवतजावतका लागि भ्ख् प्रयोग गर्न सक्नेछन्। कम्पनीले यसलाई ‘दुई संसारको उत्कृष्ट संयोजन’का रूपमा प्रस्तुत गरेको छ।
हाल नेपालमा उपलब्ध फोर्डका मोडलहरूमा नेक्स्ट–जेनेरेशन एभरेस्ट २.० लिटर बाइ–टर्बो, रेंजर २.० लिटर र र्याप्टर ३.० लिटर रहेका छन् । जुन सबै थाइल्याण्डबाट आयात गरिएका हुन्।
जी.ओ. अटोमोबाइल्सले काठमाडौंको थापाथलीमा आधुनिक सोरुम र अत्याधुनिक उपकरणसहितको वर्कसप सञ्चालन गर्दै आएको छ। कम्पनीले कम लागतमा मर्मत सेवा, स्पेयर पार्ट्सको सहज उपलब्धता र गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ। कम्पनीले यो अफर सीमित अवधिका लागि मात्र लागू हुने जनाएको छ।






Comment